सशस्त्र प्रहरीले निर्घात कुटपिट गरेकी कञ्चनपुरकी महिला अस्पताल भर्ना – दोहोरो झडप भएको सशस्त्र प्रहरीको भनाइ

महेन्द्रनगर - सशस्त्र प्रहरीले ब्यारेकमा लगेर एक महिलालाई बन्धक बनाएर निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ । सशस्त्र प्रहरीको गड्डाचौकीस्थित गुल्मका सशस्त्र प्रहरी सहायक हवल्दार सहितले भीमदत्त नगरपालिका ५ सुकासालकी सन्ध्या विकलाई शुक्रबार साँझ ब्यारेकमा कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते विक उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना भएकी छन् । उनको मुखमा, हात र तिघ्रामा चोट लागेको छ । उनको शरिरभरि निलडाम छन् । सशस्त्र प्रहरी सहायक सरस्वती भण्डारी सहितको टोलिले विकलाई लाठी, बुट र मुक्का प्रहार गरी कुटपिट गरिएको हो । कुटपिटपछि घाइते विकलाई राति उनका आफन्तले घर ल्याएर अस्पताल पुगाएका हुन् ।

महाकाली प्रादेशिक अस्पतालका अनुसार विकको शरिरको भित्री चोट लागेको छ । उनलाई केही दिन अस्पतालमा राखेर उपचार गरिने आफन्तहरुले बताए । भारतबाट घर फर्किन लागेकी विकलाई भन्सारको ब्यारेल नजिकबाट सशस्त्र प्रहरीले आफ्नो गाडीमा राखेर ब्यारेक लगेको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार ब्यारेलबाट ब्यारेक लैजाने क्रममा पनि उनलाईृ सशस्त्र प्रहरीले कुटपिट गर्दै लगेका थिए ।

सशस्त्र प्रहरी सहायक हवल्दार भण्डारीले आफ्नो पावर देखाउने भन्दै उनलाई गाडी बोलाएर उनलाई ब्यारेक लगेकी थिइन् । ब्यारेकमा भण्डारी सहितले आफूलाई कुटपिट गरेको घाइते विकले बताइन् । ‘गाडीमा राखेर लगेपछि सुत्ने कोठामा पुग्ने बित्तिक्कै कुटपिट गरियो’ अस्पतालमा भर्ना विकले भनिन् ।

भारतबाट समान ल्याएर घर फर्किरहेकी बेदकोट नगरपालिकाकी महिलालाई सशस्त्र प्रहरीले ब्यारेलमा कुटपिट गर्दा विकले प्रतिवाद गरेपछि उनलाई ब्यारेकमा लगेर कुटपिट गरिएको हो । उनले ती महिलालाई किन कुटेको भन्दै विरोध गरेकी थिइन् ।

‘एक जना महिलालाई त्यहाँ ब्यारेलमा कुट्दै थिएन, म आफू पनि महिला भएकाले किन कुटपिट गरेको भने, त्यसपछि मलाई जानु भन्यो, मैले कुट्न भएन भनेपछि मलाई पनि कुट्न थाले’ विकले भनिन्,‘त्यसपछि ती महिला सशस्त्रले तँलाई मेरो पावर देखाउँछु भन्दै गाडी मगाए, लगेर लाठी, बुट, मुक्काले हानकोे बिकको भनाइ रहेको छ ।’

सशस्त्रले कुटपिट गरेको जानकारी पाएपछि उनकी सासुले राति गुल्म गएर सशस्त्र प्रहरीसित आग्रह गरी घर ल्याएकी थिइन् ।

गड्डाचौकी सशस्त्र प्रहरीका डिएएसपी तेजराज शर्माले घट्ना आकस्मिक भएको बताए । भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थीसित भेटघाटमा उनले घट्ना आकस्मिक रुपमा भएका हुन् ।

विकलाई कुटपिट शनिबार सशस्त्र प्रहरी डिएसपी शर्मालाई भेटन गड्डाचौकी गएर भेटघाट गरेका हुन् । उनी भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हुन् । डिएसपी शर्मासित भेटमा उनले विकलाई कुटपिटमा संलग्न सशस्त्र प्रहरीमाथि कारवाही हुनु पर्ने माग राखेका छन् । उनले भने ‘कुनै व्यक्तिले गल्ती गर्छ भने कानुन अनुसार सजाय हुनु पर्ने हो, यसरी कुट्न कानुन हातमा लिने कार्य हो’ उनले भने,‘यसमा संलग्नमाथि छानबिन गरी कारवाही हुनु पर्छ ।’

सशस्त्र प्रहरीको शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले घट्नाबारे सबै जानकारी तपाईलाई नै थाहा भएकाले केही नभन्ने बताए । उनले गड्डाचौकी गएर घट्नाबारे जानकारी लिन सुझाव दिए ।

‘त्यहाँ के भाको तपाईलाई थाह छ, फेसबुकमा आइ सकेको छ, यो त फेसबुकमा हाल्नु भन्दा पहिला सोध्नु पर्ने हो, उपरिक्षक चन्दले भने हाम्रोमा पनि कस्तो भाको छ, तपाईलाई छ’ ।

सशस्त्र प्रहरीले ब्यारेकमा लगेर कुटपिट किन गरेको भन्ने प्रश्नमा उनले तपाई मसित प्रतिवाद गर्ने भनेर उल्टै प्रश्न गरे । त्यसपछि उनले गड्डाचौकी गएर घट्नाबारे जानकारी लिनु भन्ने उत्तर दिएका छन ।

डिएसपीले आउन नमानेपछि भएन छलफल

विकलाई कुटपिटपछि इलाका प्रहरी कार्यालयमा दुबै पक्षले छलफल गरी समाधान गर्ने प्रयास गरिएको छ । सशस्त्र प्रहरीका डिएसपी शर्मा इलाका प्रहरी कार्यालयका इन्चार्ज आफू भन्दा जुनियर भएकाले आउन नसक्ने जवाफ दिएपछि छलफल हुन सकेन ।

डिएसएपी शर्माले इलाका प्रहरीको सई आफू भन्दा एक तह जुनियर भएकाले आफू आउन नसक्ने जवाफ दिएको पीडितका आफन्तहरुले बताएका छन् । कुटपिटमा संलग्न सशस्त्र प्रहरीले माफी माग्ने सर्तमा शर्मा पीडित परिवार छलफलका लागि तयार भएको थियो ।

यता सशस्त्र प्रहरीले भने विक कुटपिट घट्नालाई दोहोरो झडप भएको भन्दै माथिल्लो निकायमा रिपोर्टिङ्ग गरेको छ । सशस्त्रले विकले आफ्नो जवानलाई पनि कुटपिट गरेको आरोप लगाएको छ । साभार बिकल्प दैनिक

ad_wide