सहयोगको नाममा धर्म प्रचार गरेको भन्दै पास्टर पक्राउ

धनगढी - विद्यालयमा सहयोगको नाममा धर्म प्रचार गरेको भन्दै लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई पक्राउ परेका छन् ।

उनले आफू पक्राउ पर्न लागेको कुरा आफ्नो फेसबुक स्टाटस मार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनले लेखेका छन् ''आज बिहान ८ बजे विद्यालयमा धर्म प्रचार गरेको अभियोगमा म लम्की सामुदायिक चर्च को पास्टर जन्मजय भट्टराईलाई पक्राउ भएको छु अब केही बेरमा कैलाली जिल्ल प्रशासन कार्यालय धनगढीमा हाजीर हुदैछु सबैल प्रार्थना गर्नु होला''

प्रहरीका अनुसार लम्कीचुहा र मोहन्यालका १ दर्जन विद्यालमा क्रीसमसको अवसरमा स्टेसनरी सामाग्री वितरण समेत गरेको छ उक्त कार्यक्रममा उनले धर्म प्रचार गरेको भन्दै पक्राउ गरिएको जनाइएको छ। उनको नाममा कुनै उजुरी नपरेको तर सोधपुछको लागि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली पुर्‍याइकिएको समेत जानकारी प्राप्त भएको छ।

ad_wide