संसारमा मेरो भन्नुु केवल एउटा असल जिवनसाथी मात्रै हो अन्य आमा बुबा हाम्रा भन्न पाईन्छ आफन्त हाम्रा भन्न पाईन्छ र धनसम्पती हाम्रो भन्न पाईन्छ ।
म परदेशमा छु । हाम्रो नेपालमा त साउन महिना लागेछ हिजो आज समाजिक सन्जालमा हरियो चुरा र उनको नामको मेहन्दी लगाएर मेरो मान्छेको आयु लामो हुन्छ भन्ने भ्रम ले पुरै समाजिक सन्जाल तरंगित भएको देख्छु अनि सम्झिन्छु । म परदेश आउदा बुबाले साहुबाट मागेको ऋण अझै तिर्न बाकी छ बेलाबेलामा घरबाट आमाबुवाको फोन आउँछ आज साहु घरमा आएको थियो उसको ब्याज तिर्न मात्रै पैसा पुग्यो दिए अनि सावाँ पुरै बाकी छ मेरो परदेशमा कमाएको पैसाले त परदेश आउँदा लिएको ऋणको ब्याज मात्रै तिर्न सके ।
श्रीमतिको फोन आउँछ ।
साउन लागिसक्यो मलाई हरियो चुरा र मेहन्दी किन्न पैसा छैन पठाईदिनुपर्यो म भन्छु हिजो मात्रै बुबाले साहुको ऋण तिरेको रहेछ पैसा छैन होला केही दिन रोक्नु म पठाउछु ।
अनि सोच्छु साउनको महिनामा मेरो श्रीमतिले हरियो चुरा र मेहन्दी लगाएन भने साच्चिकै मेरो आयु छोटो हुन्छ होला है ? उसै मलाई साहुको ऋण, आमा बुबाको आशुले निन्द्रा, भोक, खुशी बिर्सेको मान्छे म आयु कति नै छोटो होला र ? फेरि भगवानसङ्ग सोधे मलाई जन्म दियौ भगवान कम्तिमा मलाई पनि श्रीमतिलाई हरियो चुरा र मेहन्दि किन्ने हैसियत र आमा बुबाको आखामा खुसी छर्ने हैसियत दिन मिल्दैन ?
फेरि मन मा लाग्यो सन्सारमा मेरो भन्नू असल जिवनसाथी मात्रै हो उसको लागि ऋण माथी ऋण थपेर भएपनी चुरा र मेहन्दी त किन्नैपर्यो । फेरि साथिबाट ऋण मागेर भएपनी मैले श्रीमतिको लागि चुरा र मेहन्दी किन्न पैसा पठाए तर अझै आमाबुवाको आखामा खुशी छर्न भने बाकी नै छ परदेशमा भएको सन्तानले कहिले आमाबुवाको आखमा खुशी छर्न सक्छ सपना बाकी नै छ ।
मलाइ दुःख कस्ट हुँदा पनि आफ्नो ख्याल गर्नु जे छ म त्यसमै रमाउछु भन्छिन मेरि श्रीमति तर अरुले जस्तै उनको मनमा पनि खुसी छर्ने कोशिस गर्छु ।
जुन सम्बन्धले मेरो र आफ्नो भन्ने आभाश दिन्छ, परिस्थिति अनुसार सङ्गत गर्न जान्दछ आफू कमजोर भएको बेलामा म छु भनेर साथ दिन जान्दछ त्यही मान्छेले मन जित्न सक्दछ । सम्पुर्णमा शुभकामना ।
जयन्त भाट बैतडी