साढे १३ लाख दिने सहमतिपछि बिरामिका आफ्न्त शव बुुझ्न तयार

धनगढी- धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकको परिवार शव बुझ्न तयार भएका छन् ।

जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने भने पछी अहिले सहमतिपछि परिवार शव बुझ्न तयार भएका हुन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार गर्ने र शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ ।

ad_wide