सामाजिक सञ्जालमार्फत भ्रमित पार्दै नगर प्रमुख हमाल, पत्रकार र जनप्रतिनिधिमाथि पटक–पटक प्रहार

शेरबहादुर ऐर /धनगढी– धनगढी नगर प्रमुख गोपाल हमालमाथि प्रश्न उठ्दै गएपछि झुठो अभिव्यक्ति सहितको भिडियो सार्वजनिक गरेका छन् ।

नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि स्वार्थ केन्द्रित निर्णयदेखि सर्वसाधारणलाई दुःख दिने गरि कार्य गरेकोप्रति समाचार तथा आलेख प्रकाशन भइरहदा उनले शुक्रबार झुठो अभिव्यक्तिसहितको भिडियोमार्फत सार्वजनिक गरेका हुन् ।

हातमा छडी लिएर विरामी भएकोमा सहानुभुति खोज्दै भिडियोमा नगर प्रमुख हमालले भ्रममा नपर्न भन्दै सञ्चारकर्मीलाई गलत देखाउने सहितको अभिव्यक्ति दिए ।

उनले समाचारमा आएका विषयमा पछि जवाफ दिने तर, चुनावमा असहयोग गर्ने पत्रकारहरुबाट लेखहरु आएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तामा भ्रम छर्ने कोशिष गरेका छन् ।

‘धेरै जनाले मलाई सोधे तपाईको जवाफ किन आएन भनेर ? सोधेपछि मैले क्रमश भनेकोले सबै एपिसोड सकिएपछि एक–एक कुराको जवाफ दिन्छु’ उनले भनेका छन –‘यीनै व्यक्तिहरुले स्थानीय मतदानको ठिक दुई दिन अघि मेरो विषयमा एउटा भिडियो निकाल्नुभएको थियो । भिडियो निकालेर जनतामा भ्रम सृजना गर्न त्यो अस्त्र प्रयोग गर्न खोजियो तर, कुनै काम लागेन् ।’

नगर प्रमुख हमालको सार्वजनिक अभिव्यक्ति र अहिले धनगढीमा भइरहेको सामसामयिक विषयको चर्चाबिच कुनै मेल छैन् । नगर प्रमुख हमालले स्थानीय तहको निर्वाचनमा सार्वजनिक भएको आफनो यौनकाण्डलाई अहिले धनगढीमा उनीबाट प्रताडित धनगढीबासीका गुनासोसंग जोडेर सहानुभुति लिने कोशिस गरिरहेको सार्वजनिक भिडियोले स्पष्ट देखिएको छ । तर, उनको भिडियोमा प्रतिक्रिया दिनेहरु अधिकाँसले ‘शिघ्र स्वास्थ्य लाभको कामना’ गरेका छन् ।

धनगढीका शेरबहादुर विष्टले भनेका छन् –‘ मानसिक रुपमा बलियो बन्न उत्प्रेरित गर्नु पर्ने बेलामा यस प्रकारको आलेख मार्फत मानसिक रुपमा बिछिप्त पार्न खोजिनु हुन्नथ्यो । खै उबेला नृर्प वड हुदा थुप्रै बेथिती थिए रे तर आलेख कहिलेइ आएनन । तात्तो न छारो ।’

नगर प्रमुख हमालले सञ्चारमाध्यमविरुद्ध अभिव्यक्ति दिएको यो पहिलो घटना होइन् । आफ्ना विषयमा आलोच्नात्मक समाचार सम्प्रेषण भयो भने सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै –‘भ्रममा नपर्न’ भन्दै आफुलाई सहि देखाउने प्रयास गर्दै आइरहेका छन् ।

दुई वर्षअघि आफनै छोरीका विषयमा धनगढीबाट प्रकाशन हुने सञ्चारमाध्यममा समाचार प्रकाशन हुँदा नगर प्रमुख हमालले सञ्चारमाध्यमकै नाम लिएर ‘तिन भाई’ को संज्ञा दिएका थिए ।

एक वर्षअघि जग्गा प्लटिङ्ग कार्यविधि कार्यपालिका बैठकमा छलफल नगरि रातारात राजपत्रमा प्रकाशन गरे । वडा अध्यक्ष र जनप्रतिनिधिहरुले विरोध गरेपछि नगर प्रमुख हमालले न त नगर सभा गरे न त कार्यपालिका बैठकनै बसाए । सोबिचमा उनी र उनी निकटहरुले सामाजिक सञ्जालमै जनप्रतिनिधिहरुलाई दोषी देखाउने प्रयास गरे । नगर प्रमुख हमालले ‘आफुलाई राजीनामा दिन बाँध्य पारेको भन्दै’ विभिन्न सञ्चारमाध्यमबाट सो समयमा समाचार प्रकाशन गराएका थिए ।

जग्गा प्लटिङ्गकै विवाद नमिलेपछि एक वर्षअघि नगर प्रमुख हमालले आफुलाई असहयोग भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिए । ‘कार्यपालिका बैठकमा दुई महिनादेखि कोही सहभागि भइदिदैनन् । कोबाट कहिले कसरी असहयोग भयो भन्नेबारे विस्तृत मलाई कार्यालय समयमा सम्पर्क गर्नुहोला जानकारी दिन्छु’ सो समयमा उनले दिएको प्रतिक्रिया हो यो । उनले कार्यपालिका सदस्यबाट असहयोग भएको प्रतिक्रिया दिएपनि बैशाख ३१ गते कार्यपालिका बैठक बसेको थियो । सो बैठकले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी सामाजिक परिचालकलाई दिने र धनगढीमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता तथा नविकरण गर्नेबारे निर्णय गरेको थियो ।

नगर प्रमुख हमालले सो समयमा चालु आर्थिक वर्षको बजेटलाई लक्षित गर्दै सो प्रतिक्रिया दिएका थिए ।

यहि तिहारमा उनकी दिदिले तिहारका लागि भारतबाट घरायसी सामान खरिद गरेर ल्याइन् । ट्राफिक चौराहमा खटिएको प्रहरी टोलीले धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश पोख्दै– ‘कैलाली जिल्ला प्रहरी ?’ उनले प्रहरीमाथि प्रश्न गर्दै राखेको पोष्टमा प्रहरीलाई जुवातास खेलाउनेको संरक्षकदेखि ठूला दलहरुको ‘हली’सम्मको संज्ञा दिइएको थियो । उनकी दिदिले सरकारी गाडिमा भारतबाट घरका लागि प्याज, आलु लगायतका तिहारका सामाग्री बोकेकी थिइन ।

पत्रकारलाई पटक–पटक आक्रमण हुँदा समेत मौन छ महासंघ

नगर प्रमुखमा गोपाल हमाल निर्वाचित भएर आएपछि आलोचनात्मक समाचार प्रकाशन हुँदा उनले भ्रमपूर्ण भन्दै सामाजिक सञ्जालमार्फत पत्रकारमाथिनै आक्रमण गरिरहेका छन् ।

पत्रपत्रिका तथा सञ्चारमाध्यममा आएका विषयमा कुनै आपत्ती भए सञ्चारमाध्यमसंग सो विषयमा तर्क राख्न वा सच्याउन भन्नुभन्दा उनी भिडियोमार्फतनै खाली पत्रकारलाई दोषी देखाएर आम सामाजिक सञ्जाल प्रयोगकर्तालाई पत्रकारमाथिको दृष्टिकोणमा घृणा पैदा गरिरहेका छन् ।

सार्वजनिक पदमा रहेका नगर प्रमुख हमालले पटक–पटक यस्तो शब्द बोल्दा समेत पत्रकार महासंघ मौन बसेको छ । ‘सामाजिक सञ्जालमा भिडियो राख्दै झुठो अभिव्यक्ति दिएर सञ्चारमाध्यमले भ्रम सृजना गराइरहेको अभिव्यक्ति दिनु उपयूक्त देखिदैन’ एक पत्रकारले भने तर, महासंघले यो विषयमा नगर प्रमुखलाई सम्झाउनुपर्ने हो । किन चुप बसेको छ थाहा छैन् ।’

उनले नगर प्रमुखको यहि प्रवृति रहने र महासंघ मौन बस्ने हो भने आम सामाजिक प्रयोगकर्तामा पत्रकारमाथि हेर्ने दृष्टिकोण नाकारात्मक बन्दै जाने बताए ।

धैर्य गर्नु सबै जवाफ पाइन्छः हमाल

धनगढीका विषयलाई लिएर समाचार तथा आलेख आइरहेपछि नगर प्रमुख हमालले धैर्य गर्न अनुरोध गरे । उनले भिडियोमा भनेका छन– ‘४० एपिसोड तयार गरेको छ । अहिले क्रमस भनेकाले म पर्खिरहेको छु । सबै एपिसोडपछि जवाफ दिने छु ।’

धनगढीका सञ्चारमाध्यम र सञ्चारकर्मीसंग सहजै कुराकानी गर्न नमान्ने नगर प्रमुख हमालले समाचारका विषयलाई भन्दा अन्य प्रशंग निकालेर स्टन्ट कायम गर्न खोजेको शुक्रबार सार्वजनिक भिडियोले देखाएको छ ।

ad_wide