सिटी स्कुलको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

रोशन थापा धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सिटी स्कुलले आफनो १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिविक्रम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको समुदघाटन सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले गरेका थिए ।

सो अवसरमा बोल्दै उनले शिक्षाबाटै समाजलाई सुन्दर बनाउन सकिने बताए । उनले भने –‘शिक्षा बिना कुनै पनि पेशामा सफलता पाउन सकिदैन् । त्यसैले हरेक बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनु आजको आवश्यकता हो । शिक्षामार्फतनै समाज परिवर्तन गर्न सकिन्छ ।’

कार्यक्रममा कैलाली प्यावसनका अध्यक्ष तोपेन्द्र शाही, विद्यालयका फाउण्डर तथा प्रमुख सल्लाहकार धर्मराज कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विभिन्न गतिविधिहरुमा उत्कृष्ट भएका विद्यार्थी तथा शिक्षकहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा शिक्षक सुरेन्द्र ठकुराठी रहेका थिए । शिक्षक ठकुराठीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी आयुस चन्द र एन्जिला मल्लले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कलाहरु प्रस्तुत गरेका थिए ।

ad_wide