धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका ४ चटकपुरमा रहेको सिपी अस्पतालको सहयोगमा बेल्डाँडी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बेलडाँडी गाउँपालिको आयोजन र व्यवस्थापन रहेको उक्त कार्यक्रममा धनगढीको सिपी अस्पतालमा कार्यरत एक दर्जनभन्दा बढी डाक्टरको तथा नर्सको टिमले सेवा प्रदान गरेको थियो । धनगढीमा बिरामीहरूलाई उत्कृष्ट सेवा दिँदै आएको अस्पतालले स्थानीय स्तरमा पनि स्वास्थ्य सेवा पहुँच पुगोस् भन्ने उद्देश्यले बेलाबेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । स्वास्थ्य शिविरमा अस्पतालले निःशुल्क भिडियो एक्सरे कन्सल्टेन्ट निःशुल्क रुपमा सम्पूर्ण औषधिहरू पेट छाती घाँटी तथा महिला रोग विशेषज्ञ डाक्टरहरूले सर्जन लगायतका बिभिन्न सेवा प्रदान गरेका थियो ।
उक्त शिविरमा सिपी अस्पताल धनगढीका अध्यक्ष चन्द्रप्रकाश पाण्डे बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ बेलडाँडी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष हरूको उपस्थिति रहेको थियो ।
उक्त शिविर आफ्नै गाउ स्तरमा आयोजना हुदाँ स्थानिय समेत खुशी रहेका छन । आर्थीक अवस्था कम्जोर रहेका स्थानियले आफ्नै घर आगनमा सेवा पाउनु सौभाग्य रहेको स्वास्थ्य शिविरमा सेवा लिन आएकी स्थानिय जैमति शाहाले बताईन ।
बेलडाँडी गाउँपालिकाको एकै अनुरोधमा सिपी अस्पताल धनगढीले गरेको यो सहयोग अतुलनीय रहेको र यो निःशुल्क स्वास्थ्य शिविर गाउँपालिकाभित्र रहेका आर्थिक अवस्था कमजोर भएका विभिन्न प्रकारका बिरामीहरूले सेवा सुविधा पाउने र आगामी दिनमा अझ बृहत रुपमा यस्तै स्वास्थ्य शिविरका लागि सिपी अस्पतालसँग समन्वय गर्दै जाने बेलडाँणी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले व्यक्त गरिन्। विभिन्न क्षेत्रमा विभिन्न समयमा अस्पतालले स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको र बेल्डाँडीमा मात्रै यो दोस्रो चोटी शिविर आयोजना गरिन लागेको सिपी अस्पतालका अध्यक्ष तथा जनरल सर्जन डा चन्द्र प्रकाश पाण्डेले बताए। साथै आगामी दिनमा अवस्था हेरी विभिन्न समयमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गरिने समेत अध्यक्ष पाण्डेले बताए ।
बेल्डाँडीमाआयोजना गरिएको शिविरमा आयोजना गरिएको शिविरमा ६ सय भन्दा बढी स्थानियले स्वास्थ्य सेवा लिएको समेत अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य शिविरमा सेवा लिएका सेवा ग्राह्रिलाई शिविरको पर्चा लिएर अस्पताल आएमा पर्चा शुल्क नलाग्ने र अन्य जाचमा समेत बिषेश छुुट रहने अस्पतालले जनाएको छ ।