सिमानाकामा प्रहरीको नाम बेच्दै यात्रुवाट पैसा थुत्दै भरिया अटो चालक

सुदिप थापा धनगढी- शनिवार विहान रिपोर्टिङ गर्न भनेर सनराईज टेलिभिजनको न्युज टिम त्रिनगर गौरीफन्टा नाकामा पुग्यो ।

समाचार बनाउनका लागि त्यहाँ भारतका विभिन्न ठाउँ डिल्ली, गुजरात, सुरत, बम्बई लगाएतका ठाउँ वाट रोजगारी गरेर नेपाल फर्कने नेपालीहरुले सिमा नाकामा सस्ती खेप्न परेको विषयको बारेमा स्थलगत रुपमै रिपोर्टिङ गर्न पुगेको थियो टेलिभिजनको टिम । भारतीय बस वाट झरेर कोही यात्रु हतार हतार आफ्नो झोला भिम्टा बालबच्चा परिवार बोकेर आईरहेको थिए, कोही आफ्नो साथी भाई संग त्यस पछि भारतीय प्रहरीको चेकिङ पोष्टमा नाम इन्ट्रि गर्दै नेपालको सिमा सुरक्षा बल सशस्त्र प्रहरीको चेकिङ अनि सिमा नाकामा रहेको प्रहरी चौकी त्रिनगर प्रहरी टोलीले चेकिङ गरेको हामीले प्रत्येक्ष देख्यौ ।

हाम्रो टोली सिमा नाकामा रेहेको भारतीय एसएसवी संग छलफलका लागि गयौै भारतीय एसएसवीका एक जवान संग बुझन खोज्दा त्यहा सवै भन्दा विगारेको नेपाल तर्फका अटो चालकले जस्ले गौरीफन्टा नै पुगेर भरियाको काम गर्ने र भरिया वाफत ५ सय देखि एक हजार सम्मको डिल गर्ने र धनगढी पुगाएको अटो भाडा एक हजार देखि तिन हजार सम्म लिने गरेको पाईएको भारतीय जवानले हाम्रो टिमलाई बताए ।

सिमा नाकामा भारतीय नागरिकलाई अटो रिक्सा चालकले पैसाको बार्गेनिङ गर्ने गरेको र सिमानाकामा भएको प्रहरी टोली लाई पैसा बुझाउनु पर्ने भन्दै अटो चालकले दशैं मनाउन घर फर्कने नेपाली हरु संग रकम थुत्ने गरेको सुचना पाउन साथ प्रहरी चौकी त्रिनगरका प्रहरी नायव निरिक्षक शैलेन्द्र बहादुर चन्द र ट्राफिक प्रहरी पोष्टका त्रिनगरका इन्चार्ज प्रहरी साहयक निरिक्षक जगदिश ऐरको टोली हाम्रो टिम सँगै सिमा नाका पुगेर अटो चालकलाई गौरीफन्टामा भरियाको काम नगर्न र सिमा नाका वाट मात्रै यात्रु ओसार्न सुझाव दिए । अव उपरान्त सिमानाकामा अटो चालकले कुनै पनि वहानामा रकम ठगेको गुनासो मात्र आए कानुन बमोजिम कार्वाही गरिने समेत चेतावनी उनले दिए ।

मोहना पुलमा रहेको प्रहरी इन्ट्री पोष्टको टहरा हटाईयो

पछिल्लो समय सिमा नाकामा प्रहरीले पैसा खाएको आरोप लाग्दै गएको छ । उक्त कार्य नहोस र प्रहरीले शुन्य सहनशिलतामा काम गरोस भन्ने उद्धेश्यले नेपाल प्रहरीको मोहना पुलमा रहेको यात्रु साहयता कक्ष र प्रहरी इन्ट्री पोष्टको टहरा हटाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अव मोहना पुलमा रहेको प्रहरीले खुला रुपमानै आफ्नो चेकिङको काम गर्ने समेत प्रहरीले जनाएको छ ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM