धनगढी - गोदावरी नगरपालिका वार्ड नम्बर १० मा सितापुर युवा क्लबको आयोजनामा एक कार्यक्रमका बीच आज मेयर कप क्रिकेट प्रतियोगिता उद्घाटन भएको छ।
गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा मेयर कप सुरु हुन गएको हो। उक्त कपमा जम्मा वडा भरिका ६ टिम रहेका छन्। कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाही गुड्डु प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै उनले खेलक्षेत्र भन्ने बित्तिकै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने एउटा महत्त्वपूर्ण माध्यम हो र विगत लामो समयदेखि हामीले पनि यस क्षेत्रको खेललाई अगाडि बढाउनका निमित्त विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको बताए। युवालाई कुलतबाट मुक्त गर्न र खेलप्रति उहाँहरूलाई आकर्षित गर्न समग्र खेल क्षेत्रको विकास गर्नका निमित्त हामीले पटकपटक युवा क्लबद्वारा यस्ता प्रतियोगिताहरूको आयोजना गर्दै आएका छौं।
मेयर कप क्रिकेट प्रतियोगितामा विजेतालाई रु २५ हजार नगद र उपविजेतालाई रु १५ हजार नगद पुरस्कारको व्यवस्था रहेको श्री सितापुर युवा क्लबका अध्यक्ष श्याम स्वारले बताए ! कार्यक्रम सञ्चालन रामबहादुर बोगटीले गरेका थिए।