१-मित्र रित्तो जिवन आज भोलि गारो भाछ।
आफ्नो काहानी बुझ्न आफैलाई सारो भाछ।।
तिमी दुनियाको सारा कुरा नसोधन न मलाई ।
मेरो लागि त यो संसार पुरै अँध्यारो भाछ।।
२-को आफ्नो रहेछ,को बिरानो छान्ने पालो आयो।
सबै कुरा एकै चोटी अब जान्ने पालो आयो।।
समस्या, तनावअझै गरिबी थपिदै गाछ ।
मुस्कुराउँदै सबै जिम्मेवारी धान्ने पालो आयो।।
३-शीतको थोपा झै तिमी पनि झर्छौ भने जाऊ।
प्रगतिको यात्रामा सरी प्रगति गर्छौ भने जाऊ।।
मेरो जीवनमा सर्दा अधुरो भए तिम्रो जीवन ।
त्याग्छु,सजिलै तिमीलाई रङ भर्छौ भने जाऊ।।
४-दिन पनि कहाँ हुन्थ्यो र कालो रात नभए।
अलपत्र पर्थ्यौ होला आमाको सात नभए।।
बाउले अखि ल्याई वास्ता गर्नै छोडिदिए।
कति खुसी हुन्थ्यौ अझै तिता बात नभए।।
५-आकाश, जुन, तारा तिमी हौ भन्ने को होला ।
दुःख पीडितहरुको शृङ्खला सुन्ने काे होला ।।
गजल मुक्तक सुन्ने कति आए कति गए।
वास्तवमा भाव बुझिन पीडा उन्ने को होला ।।
✍️ सीता साउद डोटी