सुदूरपश्चिमकै सबैभन्दा लामो रियालिटी शो धनगढी डान्स च्याम्पियन २०८१ सम्पन्न

धनगढी – द ट्विन्स अ कम्प्लिट इन्स्टिच्युट अफ डान्सले आयोजना गरेको सुदूरपश्चिमकै सबैभन्दा लामो रियालिटी शो धनगढी डान्स च्याम्पियन सिजन ३ सम्पन्न भएको छ।

२०८१ श्रावण पहिलो साताबाट सुरु भएको रियालिटी सो पुष १२ गते सम्पन्न भएको हो। धनगढी अतरिया महेन्द्रनगर पुनर्वास लम्की डडेलधुरा गरी आठओटा अडिसन सँगै रियालिटीशो समापन भएको हो । अडिसमा २५० जना सहभागी रहेकोमा आठौं राउन्ड पार गरेर ८ जना फाइनलिस्ट सोयल बोगटी, साइसा रावल, मेनु भट्ट, ममता तिमेलसेना, एलेक्स भुल, चन्द्रप्रकाश चुनारा, रितिका घटालार सुस्मिना खड्का छनोट भएका थिए ।

आठजनामध्ये प्रथम रीतिका घटाला द्वितीय मनु भट्ट र तृतीय सुम्निमा खड्का र एलेक्स भूल भएका थिए। उनीहरूलाई क्रमश प्रथम पुरस्कार १ लाख५५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडलर गिफ्ट ह्याम्पर दोस्रो पुरस्कार ७५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर त्यस्तैगरी तृतीय पुरस्कार ४० हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रबाट साथ सहयोग पाएको कारण सम्पूर्ण अडिसनहरू भव्यताका साथ सम्पन्न भएको र आगामी दिनमा यस्तै सहयोग पाउन सकेमा सुदूरपश्चिमबाट पनि डान्स क्षेत्रमा उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्न सकिने द ट्विन्स अ कम्प्लिट इन्स्टिच्युट अफ डान्सका सञ्चालक केशव बलायरकोे भनाइ रहेको छ ।

धनगढीमा यति राम्रो कार्यक्रम आयोजना गरिरहँदा सोचेजस्तो साथ सहयोग प्राप्त गर्न नसके पनि थुप्रै सहयोगी हातहरूप्रति आफ्नो सधैं सम्मान रहने र आगामी दिनमा अझै सुदृत गर्दै लैजाने उद्देश्य रहेको उनको भनाई रहेको छ। यस्तै उक्त संस्थाले धनगढीमै पहिलोपटक सन्ध्याकालीन सांस्कृतिक मिनी मेला र धार्मिक तथा सांस्कृतिक उत्सव समेत आयोजना गरिसकेको छ ।

ad_wide