सुदूरपश्चिममा पाँच जना निर्वाचन अधिकृत खटाइयो

धनगढी– सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरुलाई खटाइएको छ । प्रदेशमा रिक्त रहेको पदमा उपनिर्वाचन गराउन निर्वाचन अधिकृतहरु खटाइएको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ।

उपनिर्वाचनको लागि बझाङमा सुदर्शन लामिछाने, बाजुरामा संजिव पोखरेल, डोटीमा रुद्रमणी गिरी, दार्चुलामा पुष्पराज पाण्डे र कञ्चनपुरमा लिलाराज अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भने उपाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। यता कैलाली जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ। १३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM