धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढि बजेट भौतिक पूर्वाधार मन्त्रालयमा विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएकोमा भौतिक पूर्वाधारतर्फ बढि बजेट विनियोजन गरेको हो ।
आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले शनिबार सभामा पेश गरेको बजेट वक्तव्यमा भौतिक पूर्वाधार मन्त्रालयलाई १३ अर्ब ३५ करोड रकम विनियोजन गरेको बताए ।
कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको प्रदेश सरकारको बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मन्त्री पालका अनुसार सामाजिक विकास मन्त्रालयलाई ६ अर्व ७४ करोड, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ३ अर्व नौ करोड, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई दुई अर्व चार करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३८ करोड ५९ लाख रकम विनियोजन गरेको बताए ।