शान्ती प्रसाद जोशी धनगढी- सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य र गायन विधाको तेस्रो संस्करणको एसईई आइडल प्रतियोगिता सम्पन्न भएको छ। असार १ गते ओम प्यालेस धनगढीमा आयोजना भएको फाइनलको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गरेका थिए।
प्रदेशभरका गतवर्ष एसईई दिएका विद्यार्थीहरूको सहभागिता रहेको तेस्रो संस्करणको एसईई आइडल गत असोजदेखि फागुनसम्म ३० वटा अडिसन सम्पन्न भएका थिए। जसमा नृत्य र गायन विधामा करिब ३०० विद्यार्थी सहभागी रहेका थिए त्यसबाट छनोट भएका उत्कृष्ट ६७ जनाले वैशाख १५ गते भएको सेमिफाइनलमा सहभागिता जनाएका थिए। सेमिफाइनलबाट गायनमा उत्कृष्ट १७ र नृत्यमा उत्कृष्ट १६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए जस मध्ये आज सम्पन्न फाइनल अडिसन बाट गायन तर्फ कामना देउबा बिजेता र मनी महता उपबिजेत त्यसै गरी नृत्य तर्फ अनु देउबा बिजेता र सन्ध्या थापामगर उपबिजेता बनेका बनेका छन ।
नृत्यमा विजेता र उपविजेता हुने प्रतिस्पर्धीहरुले जनही नगद रु ५० हजार र २५ हजारसहित प्रमाण पत्र र ट्रफी हात पारेका छन भने गायन तर्फको विजेता र उपविजेता हुने प्रतिस्पर्धीहरुले पनि जनही नगद रु ५० हजार र २५ हजारसहित प्रमाण पत्र र ट्रफी हात पोरको आयोजक प्रभात मिडिया एण्ड इभेन्ट प्रालिले जनाएको छ।
यसका साथै नृत्य र गायन दुवैमा विजेता, उपविजेता सहित सान्तवना स्थान प्राप्त गर्ने १ गरी हरेक विधाका ३ गरी दुवै विधाका ६ जना विद्यार्थीले कक्षा ११ र १२ पढ्न छात्रवृत्ति प्राप्त गर्ने बताइएको छ। चौथो संस्करणको लागि नाम दर्ता पनि फाइनलबाटै सुरु हुने जनाइएको छ।