धनगढी : सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान आयोजना तथा रबिन कलाकेन्द्र अत्तरिया कैलालीको सहकार्य रहेको सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता-२०८१ मा बैतडी बाट सहभागी हुनु भएका भरत बोहराले प्रथम स्थान हासिल गरेका छन ।
सुदूरपश्चिमका नौं वटै जिल्लाको सहभागीता रहेको लोक गायन प्रतियोगिता सुदूरपश्चिम प्रदेशको मौलिकतामा आधारित गायनलाई प्राथमिकतामा राखेको थियो । सहभागी प्रतियोगीहरु बाट सुदूरपश्चिमका डेउडा/ठाडी एवं रानाथारुका प्रस्तुतिहरु रहेका थिए ।
प्रतियोगिताको दोश्रो स्थानमा बझाङ बाट प्रतिनिधित्व गरेका कुलेन्द्र परियार,तेस्रो स्थान बाजुरा बाट प्रतिनिधित्व गरेकी मनिषा बि.क. र सान्त्वना स्थान कंचनपुर बाट प्रतिनिधित्व गरेकी हेमन्तु रानाले हात पारेकी छिन।
लोक गायन प्रतियोगिताको पुरस्कारहरु प्रथम पुरस्कार नगद रु.१५,०००/- सहित प्रमाणपत्र ,दोश्रो पुरस्कार नगद रु.१०,०००/- सहित प्रमाणपत्र, तेस्रो पुरस्कर नगद रू.७००० सहित प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रू.५,०००/- सहित प्रमाणपत्र प्रदान गरिएको थियो साथै सहभागी प्रतियोगिताहरुलाई दुई दिन सम्म खाना र बस्नको व्यवस्था आयोजक समिति बाटै गरिएको थियो र अन्य सहभागीहरुलाई रू ३,०००/- दरले भाडा बाफत प्रदान गरिएको थियो ।
गायन प्रतियोगिता अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको थियो। सभापति डा.टि.एन.जोशी एवं प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय शिव सिंह ओलि रहनु रहेका थिए । उक्त कार्यक्रमको निर्णायकको भुमिकामा डेउडा क्षेत्रका वरिष्ठ हस्तिहरु नरेन्द्र राज रेग्मी,सुरत रावत" डोटेलि कान्छा" र लाल बहादुर धामी रहेका थिए उक्त कार्यक्रमको व्यवस्थापन एवं मुल संयोजक रविनकला केन्द्रका सुरज शाह रहेको आयोजकले जनाएको छ ।