सुदूरपश्चिम महोत्सवमा आउने कलाकारको लाग्यो टुङ्गो पल शाह सहित आउदै यी कलाकार

धनगढी- कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव २०८१मा आउने ३९ जना कलाकारको टुङ्गो लागेको छ ।

मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा आफ्नो कला देखाउन आउने कलाकारहरुको नाम आज सार्वजनिक गरिएको हो । संघका अनुसार महोत्सवमा अभिनेता पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, बद्री पंगेनी, मञ्जु पौडेल , चक्र बम , टंक तिमिल्सेना रेखा जोशी लगायतका कलाकारहरु महोत्सवमा आउने छन् ।

महोत्सव आउन ६ दिन बाँकी रहँदा संघले तयारी तीब्र पारेको छ ।

ad_wide