शान्ती प्रसाद जोशी धनगढी - सुदूरपश्चिम महोत्सव ब्यापारीहरुकोलागि ठूलो अवसर या चाड पर्व जस्तै बनेको छ ।
विगत १८ वर्ष देखि आयोजना हुँदै आएको महोत्सव आउने बेला व्यापारीलाई बडा दशैं आएजस्तै भएको छ। आहिले सुदूरपश्चिम महोत्सवमा सुदूरपश्चिमका मात्रै नभई देशै भरिका ठूला तथा साना व्यवसायी हरूको उपस्थिति रहेको छ । महोत्सवमा ५ सय ३१ स्टल मा स्थानीयदेखि विभिन्न परिकार सँगै विभिन्न परिकारका सामानहरू उपलब्ध रहेका छन्। स्टलहरूमा विभिन्न परिकार सँगै स्थानीय परिकारलाई विशेष जोड दिइएको छ। मौसममा सुदूरपश्चिमको दार्चुलादेखि पूर्वसम्मका मान्छेहरूको सामान र स्टल रहेका छन्।
सुदूरपश्चिम महोत्सव व्यापार व्यवसायका कारण विभिन्न क्षेत्रका व्यापारीहरू समेत एकआपसमा गाँसिन पाएका छन्। त्यस्तै हुन् बैतडीका वीरेन्द्र उनले बैतडीबाट स्थानीय स्तरमा उत्पादित विभिन्न सामानहरू महोत्सवमा राखेका छन्। उनले आफ्नै ठाउँमा उत्पादित टिमुर मकै गुँड कोदो घिउ मह चुक सुपा तथा डोरीहरू लिएर आएका छन्। महोत्सवको पहिलो दिनमा चार पाँच हजारको व्यापार भएको र आगामी दिनमा अझ व्यापार हुनेमा उनी आशावादी छन्। साथै आगामी दिनमा महोत्सवको अझै प्रसार प्रसार गर्न सकेमा व्यापारीहरुलाई सहज हुने उनको ठम्म्य रहेको छ। यस्तै दार्चुलाको नौगाडबाट धनगढीमा महोत्सवकै अवसरमा स्टल थापेर व्यापार गर्न आएकी छिन् बागमती देवी धामी विगत चार वर्षदेखि अल्लो तथा रेसाजन्य पदार्थबाट कपडा बनाउँदै आएकी छिन्। उनले सुदूरपश्चिमका विभिन्न ठाउँहरूमा मेला महोत्सवको मौका पारेर आफ्नो सामानहरु बेच्ने गर्छिन्। अहिले पनि उनले सुदूरपश्चिम महोत्सवको अवसरमा दार्चुलाबाट विभिन्न सर सामग्री ल्याएर धनगढीमा बिक्री गर्दै आएकी छिन् । विभिन्न विदेशबाट आयात गरिएका रेडिमेड सामान भन्दा पनि पछिल्लो समय सामानको महत्त्व बुझ्नेहरूले घरमै उत्पादित रेसाजन्य सामग्रीहरू किन्ने गरेको उनको भनाइ रहेको छ । साथै उद्योग वाणिज्य सङ्घले अझ स्थानीय स्तरमा उत्पादित सामान लगायत स्थानीय व्यवसायीहरूलाई केही सहुलियत गर्न सकेमा झन् उत्कृष्ट हुने उनको बुझाइ रहेको छ।
त्यस्तै बर्दियाको मधुवन नगरपालिकाबाट आएका छन्। नयाँ राम सुनार सुदूरपश्चिम होसव उनले सोचेभन्दा पनि अलग्गै किसिमको पाएका छन्। उनले सुदूरपश्चिम महोत्सवमा आफ्नै गाउँमा कृषि समूहले उत्पादन गरेको बेसार लिएर आएका छन्। स्थानीय स्तरमा यसरी आयोजना हुने मेला महोत्सवले गाउँमा उत्पादित सामानहरूले स्थानीय बजारमै बजार पाउँदा उनी खुसी देखिन्छन्। धनगढी नेपालगञ्ज काठमाडौँ र पोखरा लगायतका सहरमा समेत फ्नो गाउँमा उत्पादित बेसार पुर्याइरहेको उनी बताउँछन्।
सुदूरपश्चिम महोत्सवमा ठूलो कारोबारको अनुमान गरिएको छ। तर सुदूरपश्चिम महोत्सव मा दर्शकहरूको उपस्थिति राम्रै रहँदा पनि व्यवस्थापनको भने कमजोरी रहेको सुदूरपश्चिम महोत्सवका दर्शकहरूको भनाई रहेको छ। दर्शकहरूको गुनासो अनुसार सुदूरपश्चिम महोत्सवमा महिला मैत्री तथा अपाङ्ग मैत्री शौचालय नभएको समेत गुनासो गरेका छन्।