सुदूरपश्चिम महोत्सव २०८१को तयारी ५० प्रतिशत सम्पन्न

धनगढी- समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मूल नाराका साथ मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी ५० प्रतिशत सम्पन्न भएको छ ।

१८औँ संस्करणको महोत्सवको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गर्ने तयारी रहेको छ । सुदूरपश्चिम महोत्सव सुदूरपश्चिमका जनताका लागि र स्थानीय व्यापारीका लागि एक चाड जस्तै हो। यो महोत्सवमा स्थानीय परिकार र स्थानीय उत्पादनलाई विशेष ग्रायताका साथ प्रदर्शनमा राखिने गरिन्छ।

सुदूरपश्चिम महोत्सव २०६३ साल देखि सञ्चालन हुँदै आएको छ। यस वर्षको महोत्सव आउन अब १७ दिन बाँकी रहेको कैलाली उध्योग बाण्ज्यि उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्प ओझाले जनाएका छन ।

उनका अनुसार महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरि ५०० जति सङ्ख्याको स्टलहरू रहने छन्। स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने महोत्सवलाई करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको उनले बताएका छन् । यस वर्षको महोत्सवमा रमाइलो मेलामा केही फरक देख्न सकिने बताए ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM