सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा नेवी संघ नेता बिष्ट स्वर्ण पदक विजेता

धनगढी – नेपाल विद्यार्थी सङ्घ कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेता तथा स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसका उपसभापति उमेश कुमार बिष्टले सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयले फागुन २५ गते (आइतवार) गरेको पाँचौं दीक्षान्त समारोहमा बिष्ट स्वर्ण पदक प्राप्त गर्दै सम्मानित भएका हुन् । बाजुरा घर भएका बिष्टले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह र स्नातकोत्तर तहको अध्ययन गर्दै पाँचौं दीक्षान्त समारोहमा मानविकी तथा समाजिक शास्त्रबाट स्वर्ण पदक प्राप्त गरेका हुन्। अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेका बिष्ट राजनीतिसँगसँगै पढाइमा पनि शीर्ष स्थानमै देखिन्छन्। चौतर्फी सक्रिय रहेका बिष्टले स्वर्ण पदक जित्दै अतिरिक्त क्रियाकलाप सँगसँगै पढाइलाई निरन्तरता दिए सफलता पाउन सकिन्छ भन्ने प्रेरणा सम्पूर्ण विद्यार्थीलाई दिएका छन्।

ad_wide