सुनको मूल्य २ हजार ७ सयले घट्यो, चाँदीको कति ?

काठमाडौँ – नेपाली बजारमा आईतबार (आज) सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ हजार ७ सय  रुपैयाँ घटेको हो ।

शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो ।

आज चाँदीको मूल्य पनि सामान्य अंकले घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।

ad_wide