सुप प्रहरी कार्यालय धनगढीको शान्ति–सुरक्षामा प्रहरी कुकुरको प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीको आयोजनामा सुरु भएको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा तालिम प्राप्त प्रहरी ककुरको परिचालन र प्रभावकारीता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक देउती गुरुङको नेतृत्वमा खटि आएको प्रहरी टोलीद्वारा प्रशिक्षण दिईएको उक्त कार्यक्रममा प्रदेश अन्तर्गतका मुद्दा चल्ने प्रहरी, इकाईहरुमा कार्यरत जुनियर प्रहरी अधिकृतहरु, प्रहरी उपरीक्षक नवराज कार्की समेतका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु र अन्य प्रहरी कर्मचारी समेत ३५ जनाको सहभागिता रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा शान्ति सुरक्षा र अपराध अनुसन्धानका बिभिन्न बिधामा तालिम प्राप्त प्रहरी कुकुरहरुको परिचालन सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरु सञ्चालन गरि कार्यालय अन्तर्गतको केनाईन शाखामा कार्यरत तालिम प्राप्त प्रहरी कुकुरहरुद्वारा डेमो समेत प्रदर्शन गरिएको थियो ।

ad_wide