सेती नदीमा चिप्लिएर बग्दा बझाङमा एक युवतीको मृत्यु

धनगढी- सेती नदीमा चिप्लिएर बग्दा बझाङमा एक युवतीको मृत्यु भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा खसेर मृत्यु भएको हो । आइतबार बिहान भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर खसेकी थिइन् ।

उनको बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकै शव फेला परेको र शव पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको छबिसपाथिभेरा गाउँपालिका ( १ का वडाध्यक्ष करनजंग सिंहले बताए ।

ad_wide