धनगढी– सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी पुनः डाक्टर हेमराज पाण्डेयलाई दिइएको छ । आइतबार सामाजिक विकास मन्त्रालयको सचिवस्तरिय निर्णयले डाक्टर पाण्डेयलाई जिम्मेवारी दिइएको हो ।
यसअघि २०८० भदौ ६ गते मेसुको जिम्मेवारीबाट पाण्डेयलाई हटाउँदै डाक्टर शेरबहादुर कमरलाई जिम्मेवारी दिएको थियो । झण्डै एक वर्षपछि पुनः मेसुका जिम्मेवारी पाएका पाण्डेयले सोमबार जिम्मेवारी सम्हालेका छन् ।
डा पाण्डे ११ औं तहका चिकित्सक हुन् । वि.सं. २०७५ साउनदेखि २०८० भदौ सम्म डा. पाण्डेले जिम्मेवारी सम्हालिसकेका छन् ।