दिपायल– सेति प्राविधिक शिक्षालयको चमेनागृह ठेक्का प्रक्रिया विवादबारे समाचारहरु बाहिर आएपछि आइतबार आफनो बचाउ गर्दै ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ती जारी गरिएको छ ।
शिक्षालयका प्रशासनबाट बिना हष्ताक्षरित जारी विज्ञप्तीमा शिक्षालयबारे भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यसहित सार्वजनिक भएको भन्दै बचाउँ गर्न खोजिएको छ । यस सनराइज टेलिभिजनसंग शिक्षालय प्रमुखसहित दुई शिक्षक एक होटलको गोप्य कक्षमा बाग्रेनिङ्गका लागि गएको भिडियो फुटेज छ । सोबारे विज्ञप्तीमा चिया खान गएको भन्दै स्पष्टिकरण दिइएको छ ।
भनिएको छ –‘शिक्षालय प्रमुख लगायत शिक्षालयका अरु कर्मचारीहरुको साथमा शिक्षालय गेटमा रहेको पसलमा चिया खान गएको सिसिटिभी फुटेजलाई भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले सार्वजनिक गरिनु निन्दनीय छ ।’ हामीसंग रहेको भिडियो फुटेज अनुसार शिक्षालय प्रमुख तथा कर्मचारी चिया खान गएका थिए भने होटलको क्यान्टिनभित्र प्रवेश गर्थिन होला तर, उनीहरु होटल सञ्चालक सुत्ने कोठामा प्रवेश गरिरहेका छन् । शिक्षालयले आफनो कमजोरी लुकाउन यस क्षेत्रका व्यवसायीहरुबिच विवाद सृजना गराएका थिए । शिक्षालयका केही कर्मचारीहरुले चमेनागृहमा ठेक्का सम्झौताका लागि व्यवसायीहरुसंग रकम माग गरेको देखिन्छ । तर, व्यवसायी र शिक्षालयका कर्मचारीबिच लेनदेन नमिल्दा ठेक्का प्रक्रियानै रद्द गराउने गरि मूल्यांकन समितिले कार्य गरेको स्पष्ट रहन्छ ।
‘सवल र अब्बल भै शिक्षालयको नाम उच्च राखेको कुरा र यस शिक्षालयले समुदायलाई दिएका थुप्रै उदाहरणीय सेवाको सम्मान र मुल्यांकनको साटो केहि दिन यता केहि संचार माध्यमले शिक्षालयको बारेमा भ्रामक समाचारहरु सम्प्रेषण गरी अभिभावक र प्रशिक्षार्थीहरुमा भ्रम सृजना गर्ने कार्य भईरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ आज जारी विज्ञप्तीमा भनिएको छ –‘दैनिक ७०० देखि ८०० जना मानिसले बजारमा किनमेल तथा आवतजावत गर्ने सर्वसाधारण र प्राविधिक शिक्षामा पहुंच नपुगेका ठूला शहर र महङ्गो शिक्षा लिन नसक्ने तथा चाडो अध्ययन पुरा गरी श्रम बजारमा जोडीन मद्दत गर्न यसै जिल्लाको विकासमा महत्वपुर्ण योगदान गर्ने यस शिक्षालयको अस्तीत्व समाप्त गर्न केही निजी स्वार्थ लिप्त व्यक्तहरु सकृय रहेको र शिक्षालय प्रति भ्रम फैलाउने भ्रामक समाचार प्रसारण गर्ने गराउने र कर्मचारीहरुको चरित्रहत्या गर्ने गरेको प्रती हामी खेद प्रकट गर्दछौं ।’
शिक्षालयमा मेस ÷ क्यान्टिन संचालन सम्बन्धि स्पष्ट कार्यविधि नभएको सो सम्बन्धि व्यवस्थापन गर्ने सम्पूर्ण अधिकार शिक्षालय व्यवस्थापन संग रहेको व्यहोरा अवगत गराउदै छात्राबासमा बस्ने प्रशिक्षार्थी र सेवा ग्राहीको खाजा÷खाना व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले गत जेठ ३१ गते यस शिक्षालयले मेस÷क्यान्टिन संचालनका लागि दरभाउ पत्र आह्वान गरेको र सम्पुर्ण दरभाउ पेशकर्ता शिक्षालय व्यवस्थापन, नेपाल प्रहरी, प्रदेश को.ले.नि.का., जिल्ला प्रशासन प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा २०८१ साल ०३ महिना १३ गते दरभाउ पत्र खोली मुचुल्का गरी २०८१।०३।२० गते बसेको मुल्यांकन समितिले एक मात्र दरभाउ पत्रमा न्युनतम मुल्य नभइ एक भन्दा बढी दरभाउ पत्रमा न्युनतम मुल्य भएको भनि प्रतिवेदन पेश गरेकाले दरभाउपत्र स्वीकृत नभएको भनी सूचना टांस गरेको उल्लेख छ ।
शिक्षालयले व्यवस्थापन समितिको माइन्यूट र मूल्यांकन समितिको माइन्यूट पनि बाहिरिएको उल्लेख गरेको छ । शिक्षालयभित्र सिसिटिभी फुटेज हुँदा समेत कसले र किन माइन्यूट व्यवसायीसम्म पुगायो भन्नेबारे अहिलेसम्म छानविन गर्न सकेको छैन् । शिक्षालयले चमेनगृह ठेक्कामा आफना कमजोरीहरु सार्वजनिक हुने भयले सोबारे पनि अनुसन्धान गर्न पहल नगरेको जनाइएको छ । ‘शिक्षालयको गोपनियता भंग हुने गरी शिक्षालय व्यवस्थापन समितिको माइन्युट र मेस (क्यान्टिन) मुल्यांकन समितिको माइन्युट शिक्षालयसंग असम्बन्धित सार्वजनिक पद धारण गरेका व्यक्ति बोलपत्रदाता समक्ष गलत नियत र प्रक्रियाविपरीत बाहिरीएको र सो कारण शिक्षालय प्रमुखलाई विभिन्न खालका मानसिक टर्चर, धाक धम्की आइरहेको व्यहोरा अवगत गराउदछौं’ विज्ञप्तीमा भनिएको छ ।