सेती प्राविधिक शिक्षालय दिपायल क्यान्टिनको टेण्डर प्रक्रियामै विवाद

डोटी - सेती प्रवाधिक शिक्षालय दिपायलको चमेना गृह सञ्चाल प्रक्रियामा विवाद सृजना भएको छ । शिक्षालयले चमेना गृह सञ्चालका लागि न्यूनतम मूल्य राखेर शिलबन्दी टेन्डर आह्वान गरेपछि विवाद सृजना भएको हो ।

शिक्षालयले जेठ ३१ गते प्रशिक्षार्थी मेस (क्यान्टिन) सञ्चालनका लागि दरभाउपत्र ठेक्का सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा न्यूनतम मूल्य तोकिए पछि सबै जसो व्यवसायीहरुले सोही वमोजिम न्यूनतम मूल्य कायम हुने गरेर शिलबन्दी दरभाउसहितको आवेदन पेश गरेका थिए ।

सबै व्यवसायीहरुले शिक्षालयले न्यूनतम मूल्य तोकेको टिओआरका आधारमा न्यूनतम मूल्य राखेर आवेशदन पेश गरेपछि टेण्डर प्रक्रिया रद्ध भएको छ । शिक्षालयले असार २० गते अर्को सूचना जारी गरेर एक भन्दा बढी फर्महरुको न्यूनतम मूल्य जुधेका कारण कुनै पनि फर्म स्वीकृत नभएको जनाएको थियो ।

शिक्षालयले विद्यार्थीको खानामा प्रति व्यक्ति, प्रति महिना अधिकतम चार हजार ८ सय र न्यूनतम ४ हजार ३ सय ८० मूल्य कायम हुने गरी टेण्डर हाल्न उल्लेख गरेको थियो । कर्मचारीहरुको हकमा मासिक अधिकतम ५ हजार र न्यूनतम ४ हजार ८ सय दररेट राखेर टेण्डर भिडाएको पाइन्छ । क्यान्टिनले उपलब्ध गराउने खाजामा पनि अधिकतम र न्यूनतम मूल्य तोकिएको थियो ।

अधिकतम मूल्य तोकिए पछि व्यवसायी बीच प्रतिष्पर्दा हुन नसकेको र टेण्डर प्रक्रिया रद्द भएको एक व्यवसायीहरुको गुनासो छ । शिक्षालयका कर्मचारीहरुको लापर्वाही र गलत टेण्डर प्रक्रिया अपनाएका कारण विवाद सृजना भएको एक व्यवसायीले बताए । “सो टेण्डरमा व्यवसायी बीच प्रतिस्पर्धा हुने वातावरण नै भएन,“एक व्यवसायीले भने,“कर्मचारीहरुले व्यवसायीहरुसँग बार्गेनिङ्ग गर्ने, पुरानो फर्मलाई नै निरन्तरता दिने गलत नियत राखेर टेण्डर खोलेको थियो । त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

टेन्डर निकाल्दा नै हामीले शिक्षालयलाई यो रद्द गर्ने नियतका साथ निकालिएको टेण्डर हो भनेर सुझाव दिएका थियौ । न्यूनतम मूल्य कायम गरेपछि सबै व्यवसायीहरुले सोही मूल्य राख्ने र टेण्डर रद्द हुने निश्चत थियो । यो शिक्षालयको गम्भीर त्रुटी हो, अर्का व्यवसायीले भने ।

टेण्डर रद्द भएपछि पुनः टेण्डर गरेर समस्या समाधान गर्नु पर्ने भए पनि शिक्षालयले सो गरेको छैन । पुरानै फर्मलाई निरन्तरता दिएको छ । विद्यार्थीहरुले पनि खाना र खाजाका विषयमा वर्षौं देखि गुनासो गर्दै आएका छन् ।

शिक्षालयकी प्रमुुख शुशिला शर्माले चमेनागृह शिक्षालयको आम्दानीका रुपमा रहेको बताइन् । सूचना जारी गरिएपनि विवाद भएपछि अहिले प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ । उनले भनिन चमेनागृह ठेक्का सम्झौता गर्दा विवाद भएकोले पुरानै फर्ममार्फत सञ्चालन भइरहेको छ । न्यूनतम ठेक्का मूल्य नराख्दा पुरानै दररेटले चमेनागृह घाटामा गइरहेको थियो । त्यसैले न्यूनतम र अधिकतम रकम तोकिएको हो ।

उनले व्यवसायीबिचको विवादका कारण ठेक्का प्रक्रिया अन्यौलतामा भएको बताइन् ।

शिक्षालयका कर्मचारीहरुले भने व्यवसायीसँग तपाईएको फर्म पारिदिन्छौं भन्दै विभिन्न व्यवसायीहरुलाई आश्वासन दिदै आएका छन् । शिक्षालयका कर्मचारी टेण्डर पारिदिने भन्दै एक व्यवसायबीको घरमा गएर बार्गेनिङ्ग गरेको गुनासो छ, जसको फुटेज सनराइज टिभिसँग सुरक्षीत छ ।

ad_wide