स्थानीयलाई धम्काउन थालेपछि प्रहरी इन्चार्ज नै परे प्रहरीको नियन्त्रणमा

धनगढी -कैलालीको प्रहरी चौकी सत्तीका ईन्चार्जले जथाभावि होल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।

सार्वजनिक स्थलमा तथानाम गाली गलौज गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा लिएको छ ।

जनगुनासो आएपछि नियन्त्रणमा लिएर मापसे चेक गर्न पठाएको ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीका ईन्चार्ज डिएसपी विश्वराज अधिकारीले बताएका छन् । नियन्त्रणमा लिएका छौ डिएसपी अधिकारीले भने अहिले अस्पतालमा स्वास्थ्य जाँच भैरहेको छ ।

सार्वजनिक स्थलमा प्रहरी चौकी सत्तीका ईन्चार्ज खड्काले गालीगरिरहेको भिडियो र अडियो समेत सुदूरपत्र अनलाईन संग सुरक्षित रहेको छ । उनले मदिरा सेवान गरी अनाहकमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । सादा पोशाकमा रहेका ईन्चार्ज खड्का मादक पदार्थ सेवन गरेको समेत प्रत्यक्षदर्शी संग स्विकारे थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM