हाम्रो धनगढी सफा धनगढी अभियान अन्तर्गत रेडिकल एकेडेमीले दियो धनगढी उपमहानगरपालिकालाई साथ

धनगढी।  रोजगारी मूलक शिक्षासँगै रोजगारी मुुलक शिक्षा प्रदान गरिरहेको धनगढीको रेडिकल एकेडेमीले हाम्रो धनगढी सफा धनगढी अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकालाई साथ सहयोग गरिरहेको छ।

सिपमूलक समाज र समृद्ध समाजको निर्माणमा लागिरहेको एकेडेमीले आफ्नो वरपरको वातावरण सफा र सभ्य समाजको परिकल्पना गरी धनगढी महानगरपालिका वार्ड नं १ मा सरसफाई कार्यक्रम गरेको छ।

आफू वरपरको वातावरण सफा गर्न सकेमा आफू पनि सभ्य नागरिक हुने र देश पनि सभ्य भन्ने रेडिकल एकेडेमीमा अध्ययनरत छात्रा भगवती चन्दले बताइन्।

यस्तै धनगढी उपमहानगरपालिकाले चालिरहेको यो कदम स्वागतयोग्य भएको र आफू वरपरको वातावरण स्वयं आफूले नै सफा गर्नुपर्ने र रेडिकल एकेडेमीको उद्देश्य नै सीमूलक समाज र समृद्ध समाज रहेको र सो निर्माणको लागि आफू सधैँ लागिरहने रेडिकल एकेडेमीका म्यानेजिङ डाइरेक्टर प्रकाश छेडालले बताए।

ad_wide