साकार बोगटी
धनगढी –
हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लि. हसुलिया सेवा केन्द्रले २०८१ चैत्र १५ शुक्रवारका दिन कैलारी गाँउपालीको सभाहलमा आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिमको आयोजना गरेको छ ।
संस्थाका उपाध्यक्ष रोशन सिंहको सभापतित्वमा भएको कार्यक्रममा उल्लेखनिय सहभागीता रहेको थियो ।
संस्थाको वार्षिक कार्यक्रम अनुसार सदस्यलाई सहकारी शिक्षा तालिमको आयौजना गरिएको बताउदै प्रमुख व्यवस्थापक महेन्द्र शाहीले स्वागत मन्तब्य दिनु भएको कार्यक्रममा जेष्ठ शेयर सदस्य भरत राम चौधरीले शुभकामना मन्तब्य दिएका थिए ।
तालिमको सहजिकरण धनगढी सेवा केन्द्रका प्रमुख दिल बहादुर खडायतले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन हसुलिया सेवा केन्द्रका सेवा केन्द्र प्रमुख युव राज जोशीले गर्नु भएको थियो ।
सो तालिमलाई साना किसान विकास लुघुवित्त वित्तिय संस्था लि.ले प्रायोजन गरेको थियो । हिमशिखरले यस किसिमको तालिम सबै सेवा केन्द्रहरुमा सञ्चालन गर्दै आईरहेको छ ।