हिरो मोटरसाइकलले ‘नयाँ वर्ष, नयाँ हिरो’ स्कीम सार्वजनिक गरेको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै नयाँ स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको ‘नयाँ वर्ष, नयाँ हिरो’ स्कीममा ग्राहकले नगद छुट, फाइनान्स सुविधा, एक्सचेन्जका साथै लक्की–ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । सीजी मोटर्सका अनुसार हिरोका मोटरसाइकल तथा स्कुटर नगदमा किन्ने ग्राहकले ७ हजार रुपैयाँ नगद छुट पाउने छन् । त्यस्तै, एक्सचेन्ज मार्फत आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग हिरोका नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । नयाँ वर्ष स्कीममा मोटरसाइकल किन्न चाहाने ग्राहकलाई सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो स्कीम अन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहक मध्ये हरेक हप्ता १ जनाले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् ।
सीजी मोटर्सले नेपाली बजारमा हिरोका स्प्लेन्डर, एक्स्ट्रीम १२५ आर, एक्स्ट्रीम १६० आर, एक्सपल्स २०० फोर भीरप्रो र जुम स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीको नेपालभर रहेको सबै शोरुममा यो नयाँ वर्ष स्कीम उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ वर्षको अवसर पारेर सीजी मोटर्सका लागि आधिकारीक बिक्रेता विषेश अटोमोबाईल्स धनगढीले सहिद गेट अगाडि मेला समेत लगाएको छ । नयाँ वर्षको अफर अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ हिरोको बाइक लिन सक्नेछन् ।
एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो पुनानो बाइकको उचित मूल्यांकन गरी नयाँ हिरोका बाइक सजिलै एक्सचेन्ज गर्न सक्ने विषेश अटोमोबाइल्स धनगढीका प्रवन्ध निर्देशक पुष्कर ओझाले बताए । ओझाका अनुसार बाइक खरिदमा ग्राहकले बाइक कभर, झोला, पञ्जा समिते निःशुल्क पाउने छन् ।