हेटौँडामा सडक छेउमा बोरा ओढी सुतेका एक युवकको ट्रकले किच्दा मृत्यु

हेटौँडा - हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको ट्रकले किच्दा मृत्यु भएको छ।

पूर्व–पश्चिम सडक खण्डको हेटौँडा उपहमानगरपालिका–४ मा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेका ना ६ ख ३३७६ नम्वरको ट्रकले किचेर हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलका ३३ वर्षीय श्रीकृष्ण न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कनिका लोड गरेको ट्रक रजत जयन्ति चोकवाट मोड्न खोज्दा सडक छेउमा बोरा ओडी सुतेका न्यौपानेलाई किचेर घाइते बनाएको र घाइते न्यौपानेलाई उपचारका निम्ति भरतपुर लगिएको थियो। उपचार गर्ने क्रममा उनको बुधबार बिहान मृत्यु भएको प्रहरी स्रोतको भनाइ रहेको छ ।

न्यौपाने बजार क्षेत्रमा मजदुरी गरेर सडकमै सुत्ने गरेका थिए। उनी लामो समयदेखि घर नगएको समेत खुल्न आएको छ ।

ad_wide