काठमाडौं - एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ ।
सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदै गरेको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सामान्यता पोस्टमार्टम कार्यालय समयमा गरिन्छ ।