२५ औँ स्थापना दिवसको अवसरमा कैलाली विद्या निकेतनले गर्यो दृष्टि फाउन्डेसनमा सहयोग

धनगढी- धनगढीमा रहेको कैलाली विद्या निकेतनले २५ औ स्थापना दिवसको अवसरमा दृष्टि फाउण्डेशनलाई खाद्य तथा स्टेशनरी सामाग्री प्रदान गरेको छ।

सोमबार कैलाली विद्या निकेतन धनगढीले स्थापना दिवसको अवसरमा एक समारोहका विच दृष्टि फाउण्डेशन धनगढीलाई खाद्य सामग्री तथा स्टेशनरी प्रदान गरेको हो।

विद्यालयका संस्थापक प्रधानाध्यापक टोपेन्द्र शाहले फाउण्डेशनमै गई खाद्य सामग्री तथा स्टेशनरी प्रदान गरेका हुन्।सहारा विहीन महिलाहरु एवम् अनाथ बालबालिकाको आश्रय स्थल बन्दै आएको दृष्टि फाउण्डेशनमा हाल ६१ जना महिला र १६ जना बालबालिका आश्रित रहेका छन्।

खाद्य सामग्री तथा स्टेशनरी प्रदान गर्दै विद्यालयका संस्थापक प्रधानाध्यापक शाहले विद्यालय २५ औ बसन्त प्रबेश गरेको यो शुभ अवसरमाविद्यालयलाई स्थापना काल देखि हालसम्म अनवरत रुपमा योगदान पुर्याउने सबैमा धन्यवाद ब्यक्त ब्यक्त गरे। विस २०५६ सालमा स्थापना भएको कैलाली विद्या निकेतनमा हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ।

विद्यालयलाई स्थापना काल देखि हालसम्म अनवरत रुपमा योगदान पुर्याउनु भएका संस्थापक, संचालक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शुभचिन्तक,समाजसवी, शिक्षक शिक्षिका, विद्यार्थीबर्ग सबैमा आभार प्रकट गरे ।

प्रधानाध्यापक शाहले यस बर्ष रजत बर्ष पनि भएकोले विद्यालयले आन्तरिक सदनात्मक प्रतियोगिता, तहगत प्रतियोगिताका अतिरिक्त अन्तर विद्यालय स्तरीय विविध विधाका प्रतियोगिता,पूर्व विद्याथी मिलन कार्यक्रम सहित भव्यताका साथ यस बर्ष रजत जयन्ती मनाउने जानकारी दिए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)सदस्य विद्यालय समेत रहेको कैलाली विद्या निकेतन यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको उत्कृष्ट विद्यालयको रुपमा पर्दछ

ad_wide