६ महिना अघिमात्रै कतार पुगेका बैतडीका एक युवक भारतमा मृत फेला

बैतडी–बैतडीका एक युवकको भारतको मुरदावादमा मृत फेला परेका छन ।

मृत फेला पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला, खाल घर भएका एक युवक भारतमा मृत फेला परेका छन् ।

रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका २६ बर्षीय टेकेन्द्र धामी भारतको बाटो हुँदै घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनी भारतको मुरदावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए ।

रोजगारीका लागि कतार पुगेका धामीमा मानसिक समस्या देखिएको थियो । उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो । कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाण्डौंको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए ।

दिल्लीबाट गाडीमा चढेका धामी गाडीमा तेल हाल्ने बेला भागेका र पछि खोजी गर्दा मृत फेला परेको जानकारी आएको बताइएको छ । भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन् ।

मृतक धामीको घरमा श्रीमति र एक छोरी रहेकी छन् । रोजगारीका लागि विदेश गएको छोराको मृत्यु खबरले उनका बुवा–आमा विक्षिप्त बनेका छन् ।

ad_wide