रोशन थापा ,धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर २ सरस्वती नगर निवासी मदनराज जोशीको जन्मोत्सवमा मन बाटिकामा वृक्षारोपण गरिएको छ ।
आज मदनराज जोशीको ८६ वर्ष पूरा भएर ८७ वर्ष प्रवेशको अवसरमा वृक्षारोपण गरिएको हो। गत वर्ष उनकै जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनबाटिकाको स्थापना गरिएको थियो। अहिलेको वर्ष भने उनकै जन्मदिनको अवसरमा सोही बाटिकामा वृक्षारोपण गरेर जन्मदिन मनाइएको हो।
यो वर्षको जन्मदिनको अवसरमा मनबाटिकामा विभिन्न प्रकारका बिरुवा फलफुल र जडीबुटी रोपिएको उनका छोरा खेमराज जोशीले बताए।