मुख्यमन्त्री शाह नेतृत्वको सरकारको एक सय दिन पुरा, बजेट पारितदेखि कानुन निर्माण प्रमुख उपलब्धी

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको आज एक सय दिन पुरा भएको छ । २०८१ साल भदौ २१ गते दोस्रो पटक बनेका मुख्यमन्त्री शाह नेतृत्वको सरकारले एक सय दिन पुुगेको अवसरमा आफना उपलब्धीहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री शाहले बजेट ल्याउनदेखि कानुुन निर्माणलाई मुख्य उपलब्धीका रुपमा प्रस्तुत गरेका छन् । शाहका अनुसार सय दिनमा सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा समावेशीकरण नीति, अपाङ्गतासम्बन्ी प्रादेशिक नीति ल्याउनुलाई उपलब्धीका रुपमा पेश गरेका छन् । यस्तै, प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन २०८१, प्रदेश आर्थिक ऐन, विनियोजन ऐन, सामयिक राजश्व संकलन सम्बन्धी ऐन, २०८१ र प्रदेश विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट पारित भएको उल्लेख छ । मुख्यमन्त्री शाहका अनुसार यस अवधिमा दुई वटा विधेयक, एक नियमावलीका साथै आवश्यक मापदण्ड, मार्गदर्शन र कार्यविधिहरु निर्माण गरिएको जनाइएको छ ।

मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले कुल बजेटको आठ दशमलब दुई प्रतिशत खर्च भएकोमा पुँजिगततर्फको कुल बजेटमा पाँच दशमलब ९७ प्रतिशत रकम खर्च भएको बताए ।

मुख्यमन्त्री शाहले सार्वजनिक गरेको उपलब्धीमा संघिय सरकारबाट भएका कार्यक्रमहरुलाई पनि समेटिएको छ ।

 
WhatsApp Image 2024-10-09 at 9.45.27 AM