धनगढी-प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड केन्द्रीय कार्यालय धनगढीले लघुबीमा सम्बन्धी अन्तरक्रिया तथा बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।

आफ्नो स्थापना काल देखि नै छुट्टै पहिचान बनाउन सफल लघु बिमा अन्तर्गत पर्ने निर्जीवन बिमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड केन्द्रीय कार्यालय धनगढीले विभिन्न क्षेत्रका बुद्धिजीवि, व्यापारीवर्ग,  बैंक तथा वित्तिय संस्थाहरुका प्रतिनिधिहरुकाे उपस्थितिमा कैलालीको पर्यटकीय क्षेत्र चिसापानीमा 'लघु बिमा सम्बन्धी अन्तरक्रिया तथा बिमा सचेतना सम्बन्धी कार्यक्रम' सम्पन्न गरेको हो ।

कार्यक्रमकाे सञ्चालन केन्द्रीय कार्यालय धनगढीका कर्मचारी देवेन्द्र बमले गरेका थिए। उक्त कार्यक्रममा साझा विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्र बहादुर बोहराकाे समेत उपस्थिति रहेकाे थियाे।

ad_wide