बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ ।
प्रतियोगिताको समापन समारोहमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख अतिथी रहेका थिए ।
पुष २४ गते देखि दोगडाकेदार –७ स्थित लवलेक खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित केदार मावि प्रथम भएको छ ।
यस्तै प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर सनातन धर्म मावि श्रीकोट दोश्रो भएको छ । भने ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेर भगवती मावि सित्तड तेश्रो भएको छ ।
शनिबार सम्पन्न भएको प्रतियोगितामा पालिकाभरीका ११ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहमा विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।