बुधबार, जेष्ठ १, २०८२

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भुवन महरा र बम बहादुर विक भिड्दै

अत्तरियाः  सुदूरपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छिन्नभिन्न पार्न दुई प्रमुख गठबन्धनहरू मैदान उत्रिएका छन्। अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको मतदान केन्द्रमा संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्ना उम्मेदवारी दर्ता गरी प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।

 
संयुक्त अखिलले पाँच विद्यार्थी संगठनको ताकत समेटेर बम बहादुर विकलाई सभापतिको उम्मेदवार बनाएको छ भने नेविसंघले अनुभवी नेता भुवन महरालाई नेतृत्वलाई पुनः टिकट दिई दोहोर्याउदै दाउमा लागेका छन । दुवै पक्षले आफ्नो टिमलाई विविधतापूर्ण बनाउने प्रयास गरेका छन्।

  • नेविसंघ:
    • सभापति: भुवन महरा (पूर्व स्ववियु अध्यक्ष)
    • सचिव: ज्योति शाहु
    • कोषाध्यक्ष: सोनिया शाह
  • संयुक्त अखिल:
    • सभापति: बम बहादुर विक (पूर्व स्ववियु सचिव)
    • सचिव: गणेश नाथ योगी
    • कोषाध्यक्ष: दीपिका भट्ट

चुनावी समीकरण
• १,१२८ जना मतदाता
• चैत २७ मा निर्णायक मतदान
• दुवै पक्षका पूर्व नेतृत्व अनुभव

सुदूरपश्चिम विश्वविद्यालय प्रशासनले निर्वाचनलाई निष्पक्ष बनाउन विशेष तयारी गरेको छ। यस निर्वाचनले विश्वविद्यालयको भविष्यको नीति निर्धारण गर्नेछ।

 
नेविसंघले अनुभव र संयुक्त अखिलले युवा उर्जालाई बढावा दिन खोजेको देखिन्छ। चुनाव नतिजाले विश्वविद्यालयको राजनीतिक दिशा निर्धारण गर्नेछ।

ad_wide