सोमवार, बैशाख १४, २०८३

यातायात व्यवसायी अर्जुन भट्टले ल्याए नयाँ विद्युतीय गाडी, धनगढी–दार्चुला चल्ने

धनगढी , २८ मंसिर / सुदूरपश्चिमका पहाडी तथा दुर्गम जिल्लामा यात्रुहरूलाई सहज, छिटो र आरामदायी सेवा प्रदान गर्ने उद्देश्यले सुदूरपश्चिम यातायातका व्यवसायी अर्जुन भट्टले अत्याधुनिक विद्युतीय गाडी खरिद गरेका छन्।

भट्टले उक्त विद्युतीय गाडी सुदूरपश्चिम महोत्सव स्थलमा रहेको आश्री अटोमोटर्स प्रालीको स्टलबाट खरिद गरेका हुन्। यातायात व्यवसायी अर्जुन भट्टले डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको गोकुलेश्वर सम्म यात्रु सेवा सञ्चालन गरी सुरक्षित र आरामदायी यात्रुसेवा प्रदान गरिने बताए ।

सुदूरपश्चिम यातायात अन्तर्गत सञ्चालन हुने उक्त गाडीले हरेक दिन बिहान ६ बजे सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीको काउन्टर बसपार्क हुँदै धनगढी चौराहाबाट दार्चुलातर्फ यात्रु सेवा प्रदान गर्ने व्यवसायी भट्टले जानकारी दिए। १६ सिट क्षमताको उक्त विद्युतीय गाडी एकपटक चार्ज गरेपछि यात्राको क्रममा पुनः चार्ज गर्न नपर्ने भएकाले समय बचत हुनुका साथै यात्रुहरू छिटो गन्तव्यमा पुग्न सक्ने उनको भनाइ छ।

सुदूरपश्चिममा विद्युतीय सवारीसाधनप्रति व्यवसायीहरूको आकर्षण बढ्दो क्रममा रहेको आश्री अटो मोटर्स प्रालीका व्यवस्थापक राम शाहले बताए।

विद्युतीय गाडीको प्रयोगले वातावरणमैत्री यातायात प्रवर्द्धन हुनुका साथै सुदूरपश्चिम क्षेत्रमा आधुनिक यातायात सेवाको नयाँ अभ्यास सुरु हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम यातायात प्रा.लि.का कोषाध्यक्षले यतायात व्यवसायी अर्जुन भट्टलाई बधाई दिँदै, यात्रुहरूलाई सेवाको मौका दिन समेत आग्रह गरेका छन्।

यात्राको लागि यातायात व्यवसायी अर्जुन भट्ट लाई (9848680631) यो नम्बरमा सम्पर्क गर्न सकिनेछ