शनिबार, बैशाख १२, २०८३

पूर्व–पश्चिम राजमार्गमा अटो दुर्घटना, ट्राफिक प्रहरीद्वारा चालकको सकुशल उद्धार

कैलाली – कैलालीको स्याउले क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गमा अटो पल्टिएर दुर्घटना भएको छ। दुर्घटनाको जानकारी पाउनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर देउवाको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार कार्य गरेको छ।

दुर्घटनामा अटो चालक सकुशल रहेको र प्रारम्भिक उपचार तथा आवश्यक परामर्शपछि उनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षासँगै मानविय संवेदनशीलता देखाउँदै समयमै उद्धार गरी उदाहरणीय कार्य गरेको स्थानीयले बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडक दुर्घटनाको अवस्थामा एक–अर्कालाई सहयोग गर्न तथा यस्ता मानविय कार्यमा सबैलाई सहभागी हुन आग्रह गरेको छ।