अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा (जकेट) सहयोग गरिएको छ । बुधबार अत्तरियाका २ जना समाजसेवीले आफ्नो परिचय गोप्य राख्दै विद्यालयमा आवासीय रूपमा अध्ययनरत ७४ विद्यार्थीलाई जकेट सहयोग गरेका हुन ।
विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले चिसो मौसम बढेको बेला न्यानो लुगाले राहत पुगेको बताए । उनले विद्यार्थीलाई चिसोमा सहयोग पुग्ने ठुलो पुण्यको काम भए पनि सहयोग दाताले भने आफ्नो परिचय सार्वजनिक रूपमा खुलाउन नचाहेको बताए ।
सुप समावेशी आधारभूत विद्यालयमा शारीरिक रूपमा अपाङ्गता भएका बालबालिका पढ्दै आएका छन् ।