शनिबार, बैशाख १२, २०८३

स्टार प्रा.ली धनगढीको शिक्षक लाइसेन्स नतिजामा सफलता, ८० प्रतिशत विद्यार्थी उत्तीर्ण

धनगढी – धनगढीस्थित स्टार प्रा.लीले शिक्षक लाइसेन्स निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र परीक्षामा ८० प्रतिशत नतिजा हासिल गर्न सफल भएको छ। विगत लामो समयदेखि धनगढीमा शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएको संस्थाले सफल विद्यार्थीहरूलाई सम्मान गर्न आज एक विशेष कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै धनगढी तारानगरकी नारायणी पाण्डेले आफू एक महिना अघि स्टार प्रा.लीमा अध्ययनका लागि भर्ना भएको र हाल निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षामा सफल भएको बताइन्। उनले छोटो समयमै प्रभावकारी तयारी गराउन सफल भएको भन्दै स्टार परिवारप्रति विशेष धन्यवाद व्यक्त गरिन्।
यस्तै, बझाङकी कोपिला सिंहले तीन महिना स्टारमा अध्ययन गरेर निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा पास भएको जानकारी दिइन्। स्टारमा पढाइको वातावरण एकदमै राम्रो रहेकाले आफू सफल हुन सकेको उनको भनाइ थियो।
अछामका देवेन्द्र बुढाले पनि एक महिना मात्रै अध्ययन गरेर लाइसेन्स परीक्षामा उत्तीर्ण भएको बताए। उनले यहाँका शिक्षकहरूको पढाउने शैली अत्यन्त प्रभावकारी र बुझ्न सजिलो भएको अनुभव सुनाए।
स्टार प्रा.ली धनगढीका सञ्चालक चेतराज अवस्थीले शिक्षक सेवा आयोगको निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा संस्थाले ठूलो सफलता हात पारेको बताए। उनले प्रत्येक शनिबार विद्यार्थीहरूलाई पूर्ण अंकको अभ्यास परीक्षा गराउँदै नियमित मूल्यांकन गरिएको कारण यस्तो नतिजा सम्भव भएको उल्लेख गरे। यस सफलताका लागि उनले आफ्नो सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे।
अवस्थीले कोरियन भाषा, जापानी भाषा, शिक्षक सेवा आयोग, बैंकिङ तयारी कक्षा तथा लोक सेवा आयोगको तयारी कक्षाका लागि समेत स्टार प्रा.लीलाई सेवा गर्ने अवसर दिन सबैमा अनुरोध गरे।