शनिबार, बैशाख १२, २०८३

धनगढीका पूर्वकर्मचारी अर्यालको निधन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाबाट सेवा निवृत्त कर्मचारी काशिराम अर्यालको निधन भएको छ । ६० वर्षको उमेरमा उनको हृदयघातका कारण निधन भएको हो ।

अर्याललाई उपचारका लागि  अत्तरिया अस्पताल लगिएकोमा मंगलबार राति निधन भएको बताइएको छ ।

धनगढी उपमहानगरपालिका–७ देवरिया निवासी अर्याल लामो समयसम्म सार्वजनिक सेवामा समर्पित थिए । अर्यालका परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् ।