धनगढीः कैलालीको धनगढीमा एकै घरका देवर–भाउजु ब्राउन सुगरसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१० बस्ने राम मिलन रानाको घरमा अवैध लागुऔषध बिक्रि वितरण भईरहेको भन्ने सूचनाको आधारमा घर तलासी गर्दा उनको श्रीमती २० वर्षकी द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र भाई १७ वर्षको महेश राना रानाको साथबाट १४० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रहरीले दुबै जना देवर–भाउजुलाई मंगलार पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध व्यूरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।