धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी दर्ता भएसँगै चुनावी अंकगणितको लेखाजोखा सुरू भएको छ । माघ ११ गते हुने चुनावका लागि कांग्रेस(एमालेले साझा उम्मेदवार उठाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी नेकपाले छुट्टै उम्मेदवारी दिएको छ ।
एमालेकी शारदादेवी भट्ट र नेकपाका तारामान स्वाँरको आगामी फागुन २० गते पदावधि सकिँदैछ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको समान १९ मतभार तोकेको
छ । यस आधारमा सुदूरपश्चिममा कुल ६ हजार १५३ मतभार रहेको छ ।
छ । यस आधारमा सुदूरपश्चिममा कुल ६ हजार १५३ मतभार रहेको छ ।
सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो देखिएको छ । १८ प्रदेशसभा सदस्य र ८६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको कांग्रेससँग एक्लै २ हजार ५८८ मतभार छ । नेकपाको मतभार १ हजार ८६९ छ भने एमालेसँग १ हजार ५३३ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समान ५३ र ५३ मतभार छ भने स्वतन्त्रतर्फ ३८ मतभार छ ।
गठबन्धनका तर्फबाट अन्य क्लस्टरमा कांग्रेसका खम्मबहादुर खाती र महिला क्लस्टरमा एमालेकी लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएका छन् । खाती पूर्वमहान्यायाधिवक्ता हुन् भने माओवादी पृष्ठभूमिकी भण्डारी पूर्वराज्यमन्त्री हुन् ।
गठबन्धनविरुद्ध नेकपाबाट अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनार प्रतिस्पर्धामा उत्रिने भएका छन् । जैसी माओवादी पृष्ठभूमिका नेता हुन् भने बस्नेत पूर्व एकीकृत समाजवादीकी हुन् ।