बिहिबार, बैशाख १०, २०८३

खैरो हेरोइन र गाँजा समेत मुद्दामा फरार बाजुराका एक जना पक्राउ

बाजुराः खैरो हेरोइन र गाँजा समेत मुद्दामा फरार बाजुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको मिति २०८२ वैशाख १६ गतेको फैसलाले लागूऔषध खैरो हेरोइन र गाँजा समेत मुद्दामा ९ दिन कैद तोकिएपछि फरार रहेका बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने २७ वर्षीय दिपक रावत पक्राउ परेका हुन्। रावतलाई प्रहरी चौकी दोगडी, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार दोगडी बजारबाट पक्राउ गरेको जनाएको छ।