बुधबार, बैशाख १६, २०८३

थारु समुदायमा आज जिता पर्व मनाइँदै

धनगढी, ३० पुस / थारु समुदायमा आज जिता पर्व मनाइँदै छ । पश्चिम नेपालका थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिन जिता पर्व मनाइने गरिन्छ ।

पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता पर्व’ का रूपमा बङ्गुर (जिता) मारेर सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहेको छ ।

जिता पर्वका लागि आज सुदूरपश्चिममा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।
थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ । पुसको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष कार्यक्रमसहित पर्व मनाइन्छ । माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट पनि बिदा दिने प्रचलन रहँदै आएको छ ।