धनगढी – धनगढीमा रहेको होटल पौवाले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा आयोजना गरेको माघी विशेष मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली मौलिक परम्परा, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल पौवाले कार्यक्रम आयोजना गरेको हो।
माघ १ गते आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रण गरिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूलाई माघी पर्वमा विशेष रूपमा खाने गरिने कोदोको सेल, चामलको सेल, ढिक्र, खिचडी, भुजाको लड्डु, दही, तरुल, सखरजन्ज, तिलको लड्डु लगायतका परम्परागत परिकारहरू खुवाइएको थियो।

होटल पौवा धनगढीका म्यानेजर महेश सिंहले होटल पौवाले हरेक वर्ष मौलिक संस्कृतिसँग जोडिएका कार्यक्रम गर्दै आएको बताउँदै माघी पर्वलाई लक्षित गर्दै अतिथिहरूलाई परम्परागत खानाको स्वाद चखाउने प्रयास गरिएको जानकारी दिए। उनले होटल पौवा उत्कृष्ट सेवा, स्वाद र आतिथ्यका लागि प्रतिबद्ध रहेको समेत बताए।
कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्कर राज ओझाले होटल पौवाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। उनले परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गरिएको यस्ता कार्यक्रमहरूले स्थानीय संस्कृतिको जगेर्नामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले भने,
“व्यवसायसँगै संस्कृति संरक्षण गर्ने होटल पौवाको पहल प्रशंसनीय छ, यसले हाम्रो मौलिक पहिचान जोगाउन सहयोग पुर्याउँछ।”
उत्कृष्ट सेवा, स्वच्छ वातावरण र स्वादिष्ट परिकारका कारण होटल पौवा धनगढी पछिल्लो समय आन्तरिक तथा बाह्य पाहुनाहरूको रोजाइमा पर्दै आएको छ। माघी विशेष मिलन कार्यक्रमले होटल पौवाको सेवा स्तर, सांस्कृतिक प्रतिबद्धता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।
