मङ्लबार, बैशाख ८, २०८३

धनगढीमा नमो बुद्ध एजुकेशन हवको पाँचौँ शाखा स्थापना, जापान जाने विद्यार्थीलाई लक्षित सेवा विस्तार

धनगढी – धनगढी उपमहानगरपालिकाको वडा नं. १ पुष्पलाल चोकमा नेपाल सरकारबाट मान्यता प्राप्त नमो बुद्ध एजुकेशन हव ले आफ्नो पाँचौँ शाखा स्थापना गरेको छ। उक्त शाखाबाट आजदेखि औपचारिक रूपमा जापानी भाषा अध्ययन तथा जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी सेवा विस्तार गरिएको हो।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशव राज जोशी ले नमो बुद्ध एजुकेशन हव जापानी तथा कोरियन भाषा शिक्षाको उद्देश्यले स्थापना भएको बताउँदै यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभयो।

त्यस्तै, उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्द ले नमो बुद्ध एजुकेशन हवले विशेषगरी जापानका लागि वर्किङ भिसा र स्टुडेन्ट भिसा मार्फत विद्यार्थीहरूलाई सुरक्षित र गुणस्तरीय कलेजहरूमा पठाउँदै आएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले कैलालीमै यस्ता सेवा विस्तार हुँदा अब यस क्षेत्रका विद्यार्थीहरू विदेश गएर अलपत्र पर्ने जोखिम कम हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नमो बुद्ध एजुकेशन हव धनगढी शाखाका प्रबन्धक प्रेम कुमार ले संस्थाले विशेषगरी जापानमा काम तथा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सेवा प्रदान गर्ने उद्देश्यले धनगढीमा शाखा स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले नमो बुद्ध एजुकेशन हवको यो पाँचौँ शाखा भएको उल्लेख गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

धनगढीमा नमो बुद्ध एजुकेशन हवको पाँचौँ शाखा स्थापना हुनु यस क्षेत्रका विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसरको रूपमा देखिएको छ। जापान जान इच्छुक विद्यार्थीहरूलाई भाषा अध्ययनदेखि भिसा प्रक्रिया र अध्ययन तथा रोजगारीको सुनिश्चिततासम्म एकै ठाउँबाट सेवा प्रदान गरिने भएकाले वैदेशिक अध्ययन तथा रोजगारीलाई सुरक्षित, व्यवस्थित र भरोसायोग्य बनाउन यो शाखाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।