धनगढी – धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित ६ लेन सडकमा सामान बोक्ने जिप दुर्घटना भएको छ। से १ च २३७३ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक सामान्य घाइते भएका छन्। घाइते चालकको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। चालकको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि सडकमा अवरुद्ध भएको जिप क्रेनको सहायताले उठाइ सडक सञ्चालनमा ल्याइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।